बाँके कात्तिक ६ गते ।
बाँके प्रहरीले राप्ती सोनारी गाउँपालिका– ६ बाट करिब ४ लाख रुपैयाँ सहित २० जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । राप्ती सोनारी गाउँपालिका–६ स्थित संजय रानाको घरमा जुवा खेली रहेको गोप्य सूचनाको आधारमा बाँके एसपी तुल बहादुर कार्की नेतृत्वको टिमले छापा मार्दा जुवा खालबाट नगद ३ लाख ९१ हजार सहित २० जना जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मंगलबार राती पक्राउ गरी विहान ४ बजे जिल्ला प्रहरी कार्यालयमा ल्याइ मेडिकल गर्न पठाइएको एसपी तुलबहादुर कार्कीले बताए । उनले भने,‘जुवा खेलाउने विषयमा बाँके प्रहरी सक्रिय छ । जुवाडे नाइकेहरुको लिष्ट नै छ, हाम्रो फ्लोअप जारी छ । जिल्लाभर गोप्य टोली खटाएका छौं । जुवा खालबाट रंगेहात पक्राउ गरी कानुन अनुसार कारवाही गर्नेछौं ।’
जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यलयको संयुक्त टोलिले जुवा खालबाटै उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । यसअघि नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरबाट १५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको थियो ।
तिहारको समयमा जुवातासका घटना बढने भएकाले प्रहरीले निगरानी बढाएको छ । एसपी कार्कीले ठाउँ–ठाउँमा सुराकी प्रहरी परिचालन गरिएको बताए । ञचाडपर्वको समयमा हुने कानुन वर्जित क्रियाकलाप रोक्न प्रहरीले निगरानी बढाएको छ उनले भने–`यस्ता पर्वमा रामरमाइलोका नाममा हुने जुवातास बिरुद्ध प्रहरी निर्मम हुन्छ ।´
Discussion about this post