बाँके कात्तिक ११ गते ।
तिहार भित्रिन थालेसँगै प्रज्जवलनशिल पदार्थ पटका भित्र्याउनेक्रम सुरु भएको छ । प्रतिवन्धित पटका भारतबाट भित्र्याइ नेपालमा कारोवार गर्ने गरिन्छ । पटका र आतसवाजीलाई नेपाल कानुनले प्रतिवन्ध लगाएको छ ।
प्रहरीले पटकाजन्य पदार्थको कारोवार र विक्री वितरणलाई कडाइ गरेको छ । नेपालगन्ज वडा प्रहरी कार्यालयले नगरका विभिन्न स्थानबाट प्रतिबन्धित विस्फोटक पदार्थ पटका बरामद गरी नष्ट गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुलटेक्रामा रहेको तलाउमा नष्ट गरिएको प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए ।
कानुनले वर्जित गरेका गतिविधिहरुलाई जनप्रतिनिधिहरुले पनि सघाउने काम गरेको वडा अध्यक्ष समिर प्रताप सिंहले जानकारी दिए ।
Discussion about this post