जाजरकोट मंसिर १३ गते ।
जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्ग निर्माणको काम अघि नबढ्ने भएको छ । दुरीका हिसाबले लामो र धेरै लागत लाग्ने भएपछि निर्माणको काम अघि नबढाउने निर्णयमा पुगिएको हो । यसअघि सुरुङमार्गको प्री–फिजिविलिटी अध्ययन गरिएको थियो । उक्त अध्ययनले थप काम गर्न उपयुक्त नभएको देखाएको छ ।
जाजरकोटदेखि जुम्लासम्म सुरुङमार्गको १० किलोमिटर दुरी छ । दुरीका हिसाबले लामो र लागत धेरै लाग्ने भएपछि काम अघि बढाउन समस्या भएको गुणस्तर तथा अनुसन्धान केन्द्रले जनाएको छ । तत्काल थप प्रक्रिया अघि नबढाइने केन्द्रका इन्जिनियर प्रदीप भण्डारीले बताए । उनका अनुसार गरिएको प्री–फिजिविलिटी अध्ययनले २९ अर्बको प्रारम्भिक लागत अनुमान निकालेको छ ।
सो लागत अनुरूप प्रतिफल नआउने भएपछि थप प्रक्रिया अघि नबढाइने उनले जानकारी दिए । १० किलोमिटर दुरी हुँदा काम अघि बढाउन थप समस्या भएको उहाँको भनाइ छ । सरकारले नै लामो दुरीमा रहेका सुरुङमार्ग निर्माणको काम अघि नबढाउन भनेको छ । लागत धेरै र न्यून प्रतिफल हुने भएपछि अध्ययनको काम अघि नबढ्ने भएको हो । करिब एक वर्ष लगाएर आयोजनाको ‘प्री–फिजिविलिटी’ अध्ययन गरिएको थियो ।
उक्त अध्ययनले काम गर्न उपयुक्त नभएको देखाएको छ । २०८० जेठमा सुरुङमार्ग निर्माणका लागि प्री–फिजिविलिटी अध्ययनको काम सुरु गरिएको थियो । २०७८ मा सुरुङमार्ग निर्माण गर्ने योजना अघि सारिएको थियो । सडक डिभिजन कार्यालय चौरजहारी रुकुमपश्चिमले त्यसका लागि स्थानसमेत उपयुक्त रहेको भन्दै फाइल खडा गरेको थियो ।
त्यतिबेला सामान्य अध्ययनका काम भएका थिए । विभागले २०८० जेठमा इटिको–टिएमएस–रेज जेभीसँग सुरुङमार्गको प्री–फिजिविलिटी अध्ययन सम्झौता गरेको थियो । अहिले उक्त अध्ययनको अन्तिम रिपोर्ट आएको छ । उक्त रिपोर्टले काम गर्न उपयुक्त नभएको देखाएपछि अन्य काम अघि बढ्ने छैनन् । सरकारले कुनै विकल्प देखाएर काम अघि बढाउन सक्ने छ । तत्काल भने काम अघि नबढ्ने भएको हो ।
Discussion about this post