नेपाल–भारत सीमानाकामा रहेका छोटी भन्सार पुनस्र्थापना गर्न राज्यले चासो नदिँदा अवैध चोरी पैठारी बढेको छ।
द्वन्द्वकालअघि नेपाल–भारत सीमा नाका अन्तर्गत बाँकेको सुइया बघौडा, नरैनापुर, भगवानपुर, होलियाको खडैचा, हिरमिनियाको भंघोटना, साइगाउँ र उढरापुरमा छोटी भन्सार संचालनमा थिए ।
असुरक्षाको कारण देखाउँदै द्वन्द्वकालमा एकसाथ विस्थापित भएका यी छोटी भन्सार अहिलेसम्म पुनस्र्थापना नहुँदा राज्यलाई दैनिक लाखौँ रुपैँया राजस्व घाटा हुँदै आएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post