बाँके मंसिर १७ गते ।
‘हेमोफेलिया’ अर्थात् ‘जेनेटिक ब्लड डिसअर्डर’का बिरामीहरुका लागि आवश्यक पर्ने निःशुल्क औषधि अव भेरी अस्पतालमै पाइने भएको छ । हेमोफेलियाका बिरामीका लागि आवश्यक पर्ने ‘फ्याक्टर–८ र फ्याक्टर–९’ भेरी अस्पतालमै निःशुल्क पाइने भएको हो । यसअघि यो सेवाका लागि बिरामीहरु काठमाडौं जानुपर्ने बाध्यता थियो ।
भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख डा राजन पाण्डेले आइतवारदेखि हेमोफेलियाका बिरामीका लागि आवश्यक पर्ने ‘फ्याक्टर–८ र फ्याक्टर–९’ भेरी अस्पतालमै निःशुल्क रुपमा पाइने व्यवस्था मिलाइएको बताए । भेरी अस्पतालमा यो सेवा सुरु भएसँगै पश्चिम नेपालका हेमोफेलियाका बिरामीका लागि उपचारमा सहजता र सुविधा पुगेको छ ।
अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन समेत रहेका डा. पाण्डेले हेमोफेलियाका बिरामीका लागि आवश्यक पर्ने फ्याक्टर–८ र ९ भेरी अस्पतालबाटै पाइने भएपछि बिरामीलाई निकै सहज भएको बताए ।
Discussion about this post