काठमाडौ कार्तिक २७ गते । निर्वाचन आयोगले उपनिर्वाचनका लागि बुधबार उम्मेदवारको मनोनयन दर्ता गराउने समय दिएको छ।
विहान १० बजेदेखि दिउँसो १ बजेभित्र जिल्लास्थित निर्वाचन अधिकृत कार्यालय पुगेर दल वा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्छ।
धरान उपमहानगरपालिका सहित तीन गाउँपालिका र ४३ वडामा रिक्त अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो।
मंसीर १४ गते हुने उपनिर्वाचनका लागि संघीय र प्रदेशसभा क्षेत्रमा कात्तिक २१ गते नै उम्मेदवारको दर्ता भइसकेको छ।
उम्देवारको अन्तिम नामावली प्रकाशन भइसकेपछि दलहरूले चुनाव प्रचार अभियानलाई निरन्तरता दिइरहेका छन्।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post