बाँके पुस १ गते ।
जाडो बढ्दै जाँदा नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन नदिन रक्तदान गरिएको छ । बाँकेमा अहिले रगतको अभाव भइरहेकाले “रक्तदान गरौं ः जीवन उपहार दिउँ” नारासाथ गोपाल–नीना फाउण्डेशन, नेपालगन्ज र जनमत अर्ध साप्ताहिकले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
रक्तदान कार्यक्रममा ५१ जनाले रगत दिएका छन् । नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले रगतको अभाव बढ्दै गएको जानकारी गराएपछि कार्यक्रम आयोजना गरेर ५१ पिन्ट रगत सङ्कलन गरिएको गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्तीपाल रमणले जानकारी दिए ।
उनले फाउण्डेशन र जनमत अर्ध साप्ताहिकको आग्रहमा ५१ जना स्वयंसेवी नियमित रक्तदाता, स्वास्थ्यकर्मी, चिकित्सक, पत्रकार, औषधी वितरक प्रतिनिधिलगायतले एकै दिन रक्तदान गरेको बताए ।
Discussion about this post