काठमाडौं पुस २ गते ।
सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा स्थान पाउन प्रतिस्पर्धा गर्ने भएका छन् । सुदूरपश्चिमले सोमबार कर्णाली याक्सविरुद्ध ६ विकेटको विजय हात पारेपछि क्वालिफायर्स १ को यस्तो समीकरण बनेको हो ।
सुदूरपश्चिम १२ अंकका साथ शीर्ष स्थानमा रह्यो भने जनकपुरले ७ खेलमा १० अंक बटुल्यो । समान ८ अंक जोडेका चितवन राइनोज र कर्णाली तेस्रो र चौथो स्थानमा रहँदै प्लेअफको इलिमिनेटरमा खेल्ने भएका छन् । यसको विजेता टोलीले क्वालिफायर्स १ को पराजित टोलीसँग फाइनलमा स्थान पाउन खेल्ने छन् ।
आज बिहान इलिमिनेटर र दिउँसो क्वालिफायर्स १ को खेल हुनेछ । चितवन र कर्णालीसँगैं समान ८ अंक भए पनि नेट रन रेटमा पछाडि रहेका कारण काठमान्डु गुर्खाज प्लेअफबाट दौडबाट बाहिरिएको हो ।
Discussion about this post