बर्दिया पुस ५ गते ।
लुम्बिनी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तब्य बर्दियालाई लक्षित गरेर प्रदेश सरकारले ‘घुम्न जाँउ बर्दिया’ अभियान सुरु गरेको छ । ठाकुरबाबा नगरपालिकासँग सहकार्य गरेर प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान सुरु गरेको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक कार्यक्रमका बीच अभियानको शुभारम्भ गरे ।
प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रमअन्तर्गत घुम्न जाउँ बर्दिया अभियान सञ्चालन गरिएको हो । प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग र पूर्वाधार विकासलाई समृद्धिको आधारको रुपमा लिएको छ । जसअन्तर्गत आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न बर्दिया जिल्लालाई लक्षित गरेर अभियान चलाइएको हो ।
अभियानको शुभारम्भ गर्दै मुख्यन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासको लागि ध्यान दिएको र त्यसको सुरुवात बर्दियाबाट गरिएको बताए ।
Discussion about this post