बाँके कात्तिक २७ गते । बाँकेका कोहलपुर नगरपालिका वडा नम्बर ६ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि बुधबार पाँच जनाको उम्मेद्वारी दर्ता भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार समाजवादी पार्टीबाट शुभाखर पोख्रेल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट रामशरण थारु, नेपाली काङ्ग्रेसबाट श्रीकृष्ण थारु, राप्रपाबाट श्रीधर सुवेदी, र नेपाल मजदुर किसान पार्टीबाट दीपालक्ष्मी हमालको उम्मेद्वारी परेको छ ।
नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्ष रामसोहन थारुको गत बर्ष मङ्सिर ९ गते हृदयाघातका कारण निधन भएपछि वडा अध्यक्ष पद रिक्त रहेको हो कोहलपुर ६ मा मतदाताको सङ्ख्या दुई हजार २६ रहेको छ । उम्मेदवारी दर्ताका लागि दलका केन्द्रीय र जिल्ला नेताहरु कोहलपुर पुगेका थिए ।
Discussion about this post