बाँके पुस १३ गते ।
बाँके प्रहरीले ठुलो परिमाणमा प्रतिबिन्धत लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
शुक्रबार नेपालगन्ज उपमहानगरपालिका–९ पिलानिपुरवाबाट लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी आयुषप्रसाद जोशीले जानकारी दिए ।
लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरीले नेपालगन्ज–१३ का ४० वर्षिय रहिस कवाडियाको साथबाट ब्राउन सुगर जस्तो देखिने ९६ ग्राम ४९० मिलि ग्राम धुलो पदार्थ र नेपालगन्ज–१६ जयसपुरका ४० वर्षिय बदरुद्दिन जसगढ सहित दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
Discussion about this post