बाँके माघ १ गते ।
भुमि आयोग दाङको अध्यक्षमा हुकुम बहादुर बस्नेत नियुक्ति भएका छन् । भूमि समस्या समाधान आयोगले पूर्णता पाए संगै सात जिल्ला बाहेक ७० जिल्लामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रीस्तिरीय निर्णय गर्दै आयोगलाई पूर्णता दिएका हुन् । जस अन्तरगत दाङको अध्यक्षमा हुकुम बहादुर बस्नेत नियुक्त भएका हुन् ।
बस्नेत नेकपा एमाले दाङमा पुर्व अध्यक्ष एवं दाङका प्रभावशाली नेता हुन् । जिल्ला अध्यक्षको तलब सुबिधा सहसचिव सरह रहेको छ भने सदस्यले उपसचिव सरहको सेवा सुविधा प्राप्त गर्नेछन । आयोगको सदस्य सचिवको रूपमा जिल्ला समन्वय समितिका प्रमुख प्रशासकीय अधिकृतले काम गर्नेछन ।
भुमी आयोग दाङको अध्यक्ष भए संगै एमालेका प्रभावसाली नेता समेत रहेका बस्नेतले भूमि समस्या समाधान गर्न आफुले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
Discussion about this post