बाँके माघ १९ गते ।
बाँके प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । सुर्खेत लेकवेशी नगरपालिका १ का ३० वर्षीय भक्तराज थापा र दैलेख भगवती माई गाउँपालिका ३ का २८ वर्षीय हिमाल खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई नेपालगन्जको जमुनाह नाकाबाट ११ ग्राम ४७० मिलि ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी आयुस जोशीले जानकारी दिए । लागु औषध नियन्त्रण व्यूरो नेपालगन्ज र इलका प्रहरी कार्यालय जमुनाहको संयुक्त टोलिले भारतबाट नेपाल भित्रिरहेका उनीहरुको गतिविधि शंकास्पद देखिएपछि चेकजाँच गरेको थियो ।
त्यसक्रममा भक्तराज थापाको दाहिने खुट्टाको जुत्ता भित्र लुकाई राखेको अवस्थामा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Discussion about this post