बाँके माघ २० गते ।
जबरजस्ती करणी, कुटपिट र लुटपाट घटनाका आरोपीतकी श्रीमतीले बास्तविक पीडित आफू रहेको दावी गरेकी छिन् । नेपालगन्ज–२ घरबारी टोलकी एक महिलाले प्रहरीले दर्ता गरेको जाहेरीको पीडककी श्रीमती ६२ (नाम परिवर्तन)ले नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै काल्पनिक घटना सिर्जना गरेर जाहेरीकर्ताबाट प्रतिशोध साँध्न खोजेको आरोप लगाएकी छिन् ।
“बिगत २ वर्षदेखि मेरो श्रीमान र जाहेरीकर्ताको चिनजान थियो, जाहेरीकर्ताले नेपालगञ्जमा सञ्चालन गरेको खाजा पसलमा मेरो श्रीमानले खाजा, खाने गर्नुहुन्थ्यो, मोहजालमा पारेर काल्पनिक घटना सिर्जना गरेर अहिले जबरजस्ती करणी, कुटपिट र लुटपाट सम्मको आरोप लगाएर परिवारजनलाई मानसिक तनाव सिर्जना गर्ने काम जाहेरीकर्ताबाट भइरहेको छ,” आरोपितकी श्रीमती बताउँछिन् । तपाईको भनाईलाई पुष्टि गर्ने आधार के छ भन्ने पत्रकारहरुको प्रश्नमा आफुसँग धेरै आधार प्रमाण रहेको भन्दै जाहेरीकर्ता र आपूmबीच भएको फोन संवादको श्रव्य सामाग्री सुनाएकी थिइन् ।
संचारकर्मीहरुलाई प्राप्त उक्त श्रब्य सामाग्रीमा जाहेकरीकर्ता महिलाले पटक पटक आरोपित र आफु सँगै बस्ने गरेको, ६२ लाई गाली गलौज गर्दै नाम मात्रको श्रीमती भएको र आफुसँग बस्दा खुशी हुने गरेको लगाएत आर्थिक रकम बुझेको सम्मको संवाद रहेको छ । “आपसी समझदारीमा २ वर्षको समयमा घटनाका आरोपित र पिडित भनिएकी महिलाकाबीच आपसी सहमतिमै धेरै पटक शारिरीक सम्पर्क समेत रहेको स्वीकार्दै ६२ भन्छिन्, “दुई वर्षदेखि हिमचिम बढ्दा कहिल्यै करणी नहुने तर अहिले किन करणी भयो भनेर प्रहरीमा जाहेरी दर्ता भयो ? सोचनिय विषय छ ।” ६२ ले भनिन् । गत माघ २ गते आफुमाथि मरनासन्न हुने गरी अहिलेकी पीडित भनिएकी महिलाबाट निर्घात कुटपिट भएको र नन्दको सहयोगमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आफनो उपचार भएको प्रमाण पनि आफुसँग सुरक्षित रहेको ६२ ले दावी गरेकी छिन् ।
आफ्नो श्रीमानको आर्थिक लेनदेन भएको भन्दै पटक पटक जाहेरीकर्ताबाट धम्की आउने गरेपछि श्रीमानसँग बुझ्दा केही रकम दिनुनर्पे बताएपछि परिवार र सन्तानको भविष्यको लागि अहिलेकी जाहेरीकर्ताले माग गरेबमोजिम दुई पटक नगद समेत बुझाएको ६२ ले दावी गरेकी छिन् । एक पटक १ लाख ८० हजार र अर्को पटक ७० हजार नगद बुझाएको ६२ ले दावी गरेकी छिन् । घटनाका आरोपीत भनिएका आफ्नो श्रीमान र घटनाको पीडित भनिएकी महिलाले पटक पटक श्रीमानलाई फोन सम्पर्क गर्ने गरेको, मानसिक तनाव दिने गरेको लगाएतका प्रमाणहरु आफुसँग सुरक्षित रहेको ६२ ले बताएकी छिन् ।
“श्रीमान र अहिलेकी पीडित भनिएकी महिलालाई उसकै खाजा पसलमा रहेको बन्द कोठामा रंगेहात फेला पारेपछि आफु, श्रीमान र पीडित भनिएकी महिलाबीच आपसी समझदारीमा भएका सम्बन्धहरु अन्त्य गरेर आ–आफ्नो परिवारप्रति जिम्मेवार बन्ने सहमती भएको तर आरोपित महिलाले श्रीमानलाई डर, धम्की दिँदै पटक पटक फोन गरेर भेट्न बोलाउने गरेको थाह पाएपछि माघ ६ गते श्रीमानको खोजीमा घटनाको पीडित भनिएकी महिलाले सञ्चालन गरेको खाजा पसलमा पुगेर श्रीमानबारे सोधखोज गर्दा विवाद सिर्जना भएको र आफुहरुबीच हात हालहाल सम्म भएको ६२ स्वीकार्छिन, राती ८ बजेदेखि १०ः३० बजेसम्म आपूmहरु त्यही खाजा पसलमा रहेको जाहेरीमा उल्लेख भएअनुसार त्यसै दिन कसरी उसको करणी भयो ? सुन्दा पनि अचम्म लाग्छ” ६२ ले भनिन् ।
६ गतेको घटनापछि पीडित भनिएकी महिलाले २२ लाख रकम माग गर्दै आफुसँग मोलमोलाई गरेको आफुले दिन नसक्ने बताएपछि जाहेरी गर्दा भएको ६२ ले दावी गरेकी छिन् । जहेरीकर्ता नेपालगन्ज–२ घरबारी टोलकी ३५ वर्षिया महिला बाँके प्रहरी प्रशासनबाट न्याय र सुरक्षा पाउन नसकेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगसम्म पुगेर हार गुहार गरेकी थिइन् ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुखसँगै गृहमन्त्रीले नै चासो दिएपछि घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जाहेरी दर्ता गरेरे प्रारम्भिक अनुसन्धान पूरा गरी जिल्ला अदालतबाट अभियुक्तविरुद्ध पक्राउपुर्जीको आदेश लिई प्रक्राउ पुर्जी जारी गरिसकेको छ ।
Discussion about this post