बाँके माघ २० गते ।
नेपालगञ्ज उपमहानगरपालिका–११ स्थित सडकमा दुई मोटरसाईकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ ।
बाँके प्रहरीका अनुसार भे.१० प४३४१ नम्बरको मोटरसाइकल र हाल नम्बर नखुलेको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा भे.१० प४३४१ नम्बरको मोटरसाइकल चालक बर्दिया राजापुर नगरपालिका–१० बस्ने २३ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाईएको छ ।
Discussion about this post