बाँके माघ २२ गते ।
नेकपा एमाले बाँकेले पार्टी निर्माण र सङ्गठन बिस्तार अभियानलाई तीव्रता दिएको छ । एमाले बाँकेका अध्यक्ष निरक गुरुङको अध्यक्षतामा गठन भएको कार्यसमितिले सङ्गठन बिस्तार सहित प्रशिक्षणलाई उच्च प्राथमिकता दिएको हो ।
सोही क्रममा एमाले बाँकेले ४ सय २२ वटा टोल समिति गठन गरेको छ भने थप ३० वटा टोल समिति गठन गर्ने तयारी गरेको अध्यक्ष गुरुङले बताए । त्यस्तै नयाँ कार्यक्रमका रूपमा २०४९ सालदेखि २०७९ सालसम्म नेकपा एमालेको तर्फबाट स्थानीय तहमा उठाइएका उम्मेदवारहरूलाई प्रशिक्षण दिने निर्णय समेत गरेको एमाले बाँकेका अध्यक्ष गुरुङले जानकारी दिए ।
स्थानीय विभागका प्रमुख मिनबहादुर मल्लको अध्यक्षता र केन्द्रीय कमिटीका सदस्य बाँके क्षेत्र नम्बर १ का संघीय सांसद सूर्य ढकालको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य एवं बाँके क्षेत्र नम्बर २ का इन्चार्ज पशुपति दयाल मिश्र र जिल्ला अध्यक्ष निरक गुरुङको विशेष उपस्थितिमा भएको बैठकले सो निर्णय गरेको हो ।
बैठकले २०८१ साल फागुन २४ गते महासचिव शङ्कर पोखरेल र लुम्बिनी प्रदेश इन्चार्ज पद्म अर्यालको विशेष उपस्थितिमा एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने र स्थानीय विभाग पालिका तहसम्म गठन गर्ने निर्णय पनि गरेको छ ।
Discussion about this post