बाँके माघ २३ गते ।
बाँकेका पाँच हजारभन्दा बढी बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । जिल्लाका पाँच हजार १४ जना बालिका र किशोरीलाई पहिलो दिन एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्लाका चार वटा पालिकामा सुरु गरिएको पहिलो चरणको खोप कार्यक्रम अनुसार नेपालगन्ज, कोहलपुर, खजुरा र जानकीमा पहिलो दिन पाँच हजार १४ जना बालिका र किशोरीलाई खोप लगाइएको छ ।
सो क्रममा नेपालगन्ज उपमहानगरपालिकामा दुई हजार ७७ जना, कोहलपुरमा एक हजार ५७४ जना, खजुरामा ९३४ जना र जानकीमा ४२९ जना बालिकालाई एचपिभी खोप लगाइएको खोप फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।
उहाँले जिल्लाका चारवटा पालिकामा पहिलो चरणमा २४ हजार ५८९ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा पहिलो दिन पाँच हजार १४ जनालाई लगाइएकाले अझै १९ हजार ५७५ बालिकालाई खोप लगाउन बाँकी रहेको बताए ।
यसअघि जिल्लाका करिब ३७ हजार बालिका र किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्यका साथ खोप अभियान मङ्गलवारबाट सुरु गरिएको थियो ।
Discussion about this post