बाँके माघ २४ गते ।
नेपालगन्ज नर्सिङ्ग क्याम्पसको प्रमुखमा सुनीता आचार्य नियुक्त भएकी छन्। त्रिभुवन विश्व विद्यालय कार्यकारि परिषदले माघ २३ गते आचार्यलाई नियुक्त गर्ने निर्णय भएको थियो ।
त्रिभुवन विश्व विद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धि नियम अनुसार चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तरगत नेपालगन्ज नर्सिङ्ग क्याम्पसको नेतृत्वमा आचार्यलाई माघ २४ गते देखि लागुहुने गरी नियुक्त गरिएको छ ।
त्रिभुवन विश्व विद्यालयका उपकुलपति तथा कार्यकारि परिषदका अध्यक्ष प्राध्यापक डा.केशर जङ्ग बरालले उप प्राध्यापक आचार्यलाई नियुक्त गरेका छन् ।
लामो समय देखि अध्यापन पेशामा लागेकी आचार्य नेतृत्व क्षमता र अध्यापनमा निरन्तरता दिएकी उपप्राध्यापक हुन्।
Discussion about this post