बाँके माघ २६ गते ।
बाँकेका किसानहरु हिउँदै मकै मकैखेती तर्फ आकर्षित भएका छन् । सबैभन्दा बढी राप्तीसोनारीमा हिउँदे मकै खेती गरिन्छ भने नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २३ र डुडुवामा अधिकाँश किसान हिउँदे मकैखेती गरेका छन् ।
हरियो मकैको माग बढिहुने र उचित मूल्यमा बिक्रीसमेत हुँदा किसानहरु हिउँदे मकैखेती तर्फ आकर्षित भएका हुन् ।
अहिले बाँकेको नेपालगञ्ज वडा नं. २३ र डुडुवा गाउँपालिकाको वडा नं. ६ हिरमिनियामा २५ हेक्टर भन्दाबढी क्षेत्रमा हिउँदे मकैखेती गरिएको छ । मुख्यतः राप्तीसोनारी र डुडुवा ६ का किसानहरुले व्यावसायिकरुपमा मकै खेती गरेका छन् ।
डुडुवा गाउँपालिका वडा नम्बर –६ को भंघोटना, कालाबञ्जर, पहाडियनपुर्वा, बकौली, अहिरापुर, महन्तरपुर्वा र बल्दीपुर्वालगायतका गाउँमा सबैभन्दा बढी हिउँदेयामको मकै खेती गरिएको स्थानीय किसान जयपाल मौयले बताए ।
यसैगरी नेपालगञ्ज वडा नं. २३ को भज्जुपुर्वा र जंगलीपुर्वामा पनि मकै खेती गरिएको छ । मकै नगदे बाली भएकोले राम्रो मूल्यमा सहजै विक्री हुने हुँदा यहाँ किसान हिउँदे र बसन्ते मकै खेती गर्दै आएको कृषक मौर्यको भनाई छ ।
कृषि ज्ञान केन्द्र बाँकेका सुचना अधिकारी अनिश श्रेष्ठका अनुसार यस वर्ष बाँकेमा ९५ हेक्टर क्षेत्रफलमा हिउँदे मकै खेती गरिएको छ । गत वर्ष भने ७२ हेक्टर क्षेत्रफलमा मात्रै हिउँदे मकै खेती गरिएको थियो । गत वर्ष बाँकेमा हिउँदे मकै खतीबाट २३७ मेट्रिक टन मकै उत्पादन भएको उनले जानकारी दिए । जुन ३.२९ मेट्रिक टन प्रतिहेक्टर उत्पादन रहेको सुचना अधिकारी श्रेष्ठले बताए ।
यस वर्ष अहिले मकै पाक्ने बेला नभएकोले जिल्लामा क्रपकटिङ नहुँदा उत्पादनको तथ्याङ नआएको उनले जानकारी दिए ।
Discussion about this post