बाँके माघ २७ गते ।
नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस चितवनस्थित मुग्लिन(नारायणगढ सडक खण्डमा दुर्घटनामा परेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नेपालगन्जबाट जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान साढे ४ बजे सेतीदोभान पुलबाट तल खसेर दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ । घाइते सबैको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार बसको टायर पन्चर भई बस अनियन्त्रित भएर दुर्घटना भएको हो ।
Discussion about this post