बाँके माघ २७ गते ।
कोहलपुरबाट प्रहरीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा लागूऔषधको कारोबार भइरहेको खबर पाए लगत्तै नेपालगन्जस्थित लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–२ बिकासनगरका २६ वर्षीय टीकाराम सुनार, कोहलपुर– ११ की २० वर्षीया सपना सिंह ठकुरी र कोहलपुर–२ आनन्द नगरका २७ वर्षीय चित्र बहादुर थापा रहेका छन् ।
छुट्टाछुट्टै पक्राउ परेका उनीहरु मध्ये लागुऔषध ब्यूरो र कोहलपुर प्रहरीको टोलीले शनिबार साँझ ६ बजे कोहलपुरबाट टीकाराम र सपनालाई ६ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरीेले जनाएकोे छ । प्रहरीका अनुसार उनीहरु दुबै जनासँगै रहेको अवस्थामा टीकारामको गोजीबाट उक्त खैरो हेरोइन बरामद गरिएको हो ।
त्यस्तै शनिबार साँझ साढे ७ बजे कोहलपुर–२ सालको बुटाबाट संयुक्त टोलीले चित्र बहादुरलाई २ ग्राम ४८ मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेकोे छ । चित्र बहादुरलाई पनि विशेष सूचना पाएर गएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त खैरो हेरोइनसहित नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ ।
खैरो हेरोइनसहित पक्राउ परेका तीनै जनालाई हिरासतमा लिएर इलाका प्रहरी कार्यालय कोहलपुरले थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Discussion about this post