बाँके माघ २९ गते ।
इलाका प्रहरी कार्यालय कम्दीदेखि करिब ५ सयको दुरीमा डुडुवा पुल छ । उक्त पुलको करिब दुई सय मिटर पूर्वमा तस्करीका लागि राखिएका एक सय २० गोरु बाँधेर राखिएका छन् । यी गोरु बाँके, झापा हुँदै बंगालादेस पठाउन तस्करले राखेका हुन् ।
यी तस्करलाई प्रहरीको मात्र नभई राजनीतिक दल र डनहरुको संरक्षण रहेको छ । भारत र नेपालको बिभिन्न भागबाट संकलन गरेर ल्याइएका गोरु यहाँ राखेको महिना दिन भन्दा बढी भई सकेको छ । बाहिर पठाउने सेटिंग नमिलेकोले झापा पठाउन नसकिएको डुडुवा ५ स्थित गोरु बांधेको ठाउँमा रहेका एक तस्करले अनलाइन खोज खवरलाई बताए । ’अहिलेसम्म लाइन मिलेको छैन। खै लाइन खुल्छ की खुल्दैन ? खुल्ने बित्तिकै पठाउँछौ।,’ ति तस्करले भने।
यी तस्करलाई प्रहरीले सहयोग गरिरहेकोमा दुईमत छैन । किनकी प्रहरी एक मिटर टाढा छैन । डन र राजनीतिक दलका नेताको सहयोग त रहने नै भयो । यसपाली मात्र नभई तस्करले लामो समयदेखि यहि ठाउँमा गोरु राख्दै आएका छन् । तर प्रहरी भने देखेर पनि नदेखे झैं गर्छ । गोरु तस्करले मासिक १० देखि १५ हजारसम्म प्रहरीलाई बुझाउने गरेको खुल्नमा आएको छ ।
’प्रहरीको संरक्षण बिना तस्करले गोरु राख्न सक्ने कुरै आउंदैन,’ एक स्थानीयले भने, ’तस्करलाई डन र राजनीतिक दलका नेताको समेत संरक्षण छ ।’ तस्करले ट्रकमा लोड गरेर झापा पुर्याउँछन्। बाटोमा पर्ने हरेक प्रहरी युनिटलाई रकम बुझाउँदै झापा पुर्याइन्छ । उक्त रकम प्रहरीका आइजीसम्म पुग्ने गरेको एक उच्च स्रोत भन्छ,’ चानचुने तस्करले यो काम गर्न सक्दैन ।’ बाँकेबाट लागिएका गोरु बंगलादेशमा प्रति गोरु २ लाख रुपैयामा बिक्री हुन्छन । ’
एक पटक मात्र पुर्याउन सक्ने हो भने लाखौ रुपैया कमाइ हुन्छ,’ एक स्थानीयले भने । तस्करीको बारेमा सूचना संकलन गर्न पुग्दा त्यहाँ रहेका तस्कर कुरा गर्न नमानेर भागाभाग गरे । त्यहिबेला उनीहरुका एक नाइके आएर हामीसँग ठुलो स्वरमा कुरा गरे । पत्रकारको टोली समाचार संकलनका लागि पुगेको खवर पाएपछि प्रहरीको टोली गाडी लिएर त्यहाँ पुगेको छ ।
Discussion about this post