बाँके फागुन ३ गते ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनको आधारमा बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका पहिलो भएको छ । जिल्लाका ८ वटै स्थानीय तह मध्य राप्तीसोनारी गाउँपालिकाले सबै भन्दाबढी नम्मर ल्याएर पहिलो भएको छ भने सबै भन्दा कम नम्मर ल्याएर कोहलपुर नगरपालिका अन्तिममा भएको हो ।
२०८०–०८१ को आर्थिक वर्षको मूल्याङ्कन गर्दा राप्तीसोनारी गाउँपालिकाले ६० अङ्क प्राप्त गरेर पहिलो भएको छ भने त्यसरी बैजनाथ गाउँपालिका भने ५९ दशमलव ३ अङ्कसहित दोस्रो स्थानमा आएको छ । खजुरा गाउँपालिका ५८ अङ्सहित तेस्रो, डुडुवा गाउँपालिका ५१ दशमलव १ अङ्कसहित चौथो स्थानमा छ । नरैनापुर गाउँपालिका ४८ दशमलव ७ अङ्क ल्याएर पाँचौ स्थानमा छ ।
नेपालगन्ज उपमहानगरपालिका ४६ दशमलव १ अङ्क ल्याएर छैटौँ, जानकी गाउँपालिका ४३ दशमलव ६ अङ्कसहित सातौं र कोहलपुर नगरपालिका ३५ दशमलव २ अंक ल्याएर अन्तिम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले माघ ३० गते कार्यसम्पादन मूल्याङ्कनको आधारमा प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अङ्कसम्बन्धी विवरण प्रकाशित गरेको थियो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राप्त अङ्क चित्त नबुझे ७ दिनभित्र आवश्यक आधार र प्रमाण सहित पुनरवलोकनका लागि उजुरी दिन व्यवस्था गरेको जनाएको छ ।
Discussion about this post