बाँके फागुन ४ गते ।
बाँकेको नरैनापुरमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जबरजस्ती करणीपछि उच्च रक्तश्वावका कारण किशोरीलाई उपचारकालागि भेरी अस्पताल लगिएको छ ।
किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले नरैनापुर–५ सर्वराजपुरका ४५ वर्षीय जगबहादुर तेलीलाई पक्राउ गरेको छ ।
तेलीले घरबाहिर बसिरहेकी किशोरीलाई कोही नभएको मौका छोपी जबरजस्ती करणी गरी फरार भएको प्रहरीको भनाइ छ ।
पीडित किशोरीको बयानका आधारमा घटना लगत्तै शनिबार तेलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Discussion about this post