बाँके फागुन ९ गते ।
नेकपा एमाले, बाँकेले ‘जरा अभियान’ शुरु गरेको छ । एमाले, बाँकेका अध्यक्ष निरक गुरुङले पार्टी सदस्यको नवीकरणबाट तीन महिने जरा अभियानको सुरुवात भएको जानकारी दिए ।
जरा अभियानअन्तर्गत एमालेका नेता तथा कार्यकर्ता जनताको घरघरमा पुग्दै छन्। जनताको घरमा गएर उनीहरुसँग भेट गरेर समस्या बुझ्ने र समाधानको पहल गर्ने नीति लिइएको छ ।
अभियानको क्रममा प्रत्येक टोल कमिटीले कम्तीमा एउटा रचनात्मक गतिविधि गर्न भनिएको छ। सरसफाइ, रक्तदान, पार्टी र राष्ट्रियतासम्बन्धी हाजिरीजवाफ, गाउँ÷टोलको समस्या समाधानका लागि छलफललगायतका गतिविधि गर्न भनिएको छ ।
‘मिसन २०८४’ लाई ध्यानमा राखेर एमालेका नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्न थालेको केन्द्रीय सदस्य दिपा शर्माले जानकारी दिइन् ।
Discussion about this post