बाँके फागुन ९ गते ।
नेपालगन्जको अब्यबस्थित सडक पेटी र सडकलाई व्यवस्थित बनाउन अभियान थालिएको छ । अस्तब्यस्त ट्राफिक व्यवस्थापनले सर्वसाधारणलाई समेत असर परेको अनलाइन खोज खबरले समाचार प्रसारण गरेपछि ट्राफिक प्रहरी पोष्ट नेपालगन्ज, नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले नेपालगन्जको मुख्य बजार सदरलाइन, त्रिभुवन चोक, त्रिबेणी मोड लगायत क्षेत्रको ट्राफिक व्यवस्थापन गर्न थालेको हो ।
जाताततै सवारी साधन पार्किंग गर्दा सर्वसाधारणलाई हिडडुल गर्न र सवारी साधन जाम भई ब्यापार ब्यबसायमा समेत असर गरेको थियो । त्रिभुवन चोकको पूर्वी लाइनमा एकतर्फ मात्र पार्किंग गर्ने व्यवस्था मिलाएको ट्राफिक प्रहरीले सदरलाइनको बीच सडकमा पार्किंग गर्ने व्यवस्था मिलाएको ट्राफिक पोष्ट नेपालगन्जका प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक प्रबिण आचार्यले बताए ।
त्रिभुवन चोक, सदरलाइन र त्रिबेणी मोड क्षेत्रको ट्राफिक व्यवस्थापन गर्न थालिएको अभियानलाई नियमित गरिने भएको छ । यात्रुको सहजताका लागि उक्त क्षेत्रमा जेब्रा क्रसिङ्गको व्यवस्था समेत गरिने आचार्यले बताए ।
ट्राफिक प्रहरीले पैदल यात्रुलाई सडक पेटीवाट हिड्न समेत सिकाउन थालेको छ भने ब्यापारीले सडक पेटीमा राखेको सामान हटाएर आउजाउ गर्न सहज बनाएको छ । ट्राफिक प्रहरीले सडक व्यवस्थित बनाएपछि सदरलाइन, त्रिभुवन चोक र त्रिबेणी मोडका ब्यापारी समेत खुसी भएका छन् । सडक व्यवस्थित बनाउने कार्यलाई नियमित गर्न समेत आग्रह गरेका छन् ।
यो पनि पढ्नुहोस् ।
नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिको उदासीनता : विभिन्न सडक अतिक्रमणको चपेटामा, नगर प्रहरी मुकदर्शक
Discussion about this post