बाँके फागुन १० गते ।
पूर्वाधारको विकाससंगै बाँकेको नरैनापुर बैंक तथा बित्तीय संस्थाका गतिविधि बढेका छन् । स्थानीयसंगै गाउँमा निजी बैंक पुगेका छन् । बैंक सन्चालनसंगै यहाँका पसल र घरमा नेपाली नोट चल्न थालेका छन् । भारतसंग सीमा जोडिएको नरैनापुर गाउँपालिका सर्वसाधारणले आर्थिक कारोवार गर्दा भारु नोट प्रचलनमा ल्याउने गरेका थिए ।
सडक जस्ता विकासका पूर्वाधार नहुँदा नरैनापुरका लागि सदरमुकाम नेपालगन्ज धेरै टाडा थियो । सरकारी कामकाजका लागि मात्र सदरमुकाम आउनुपथ्र्यो । अन्य अधिकांस कामका लागि सीमावर्ती भारतीय बजारमै निर्भर हुनुपरेपछि नेपाली नोट कहिल्यै चलाउन आवश्यक भएन । बैंक पुगेपछि भने नेपाली नोट चल्न थालेका छन् ।
घर,व्यवहारदेखि पसलमामा हुने किनमेलमा नेपाली नोट दिदा फरक नपर्ने भएको छ । विकासका कुरा गर्दा सडकको स्तोरन्न्ती भएको छ । कुनै बेला नेपालगन्ज पुग्न चार घण्टासम्म लाग्थ्यो । अहिले भने डेढ घण्टामा सजिलै पुगिन्छ । सदरमुकाम आवात–जावतमा समस्या छैन् । दुरी घटेपछि नेपाली सामान बिक्री गर्ने गरी नरैनापुरमा पसल थाप्नेहरु बढेका छन् ।
भारतीय मात्र नभई स्वदेशी सामानको बिक्री पनि हुन थालेको छ । २०७४ सालदेखि सनराइज बैंकले शाखा बिस्तार गरेपछि त यहाँ बित्तिय कारोवारमा सर्बसाधारणको रुची बढेको छ भने नेपाली नोट चल्न थालेका छन् । बैंक खुलेपछि सबैभन्दा सानो उद्यम गर्नेलाई पैसा जम्मा गर्न र बिदेश गएकालाई पैसा पठाउन राहात भएको छ ।
नरैनापुर वडा नम्बर ७ की शुन्दरी यादव श्रीमानले पठाएको पैसा बुझ्न आएका बेला आईतबार बैंकमा भेटिइन । एक दिन खर्चेर नेपालगन्जमा पैसा बुझ्न जानुपर्ने बाध्यता अहिले हटेको भन्दै शुन्दरीले प्रशन्नता व्यक्त गरिन । उनले भनिन,–‘नेपालगन्ज आउँदा जाँदा श्रीमानले पठाएको पैसा कतै हराउँछकी भन्ने डर हुन्थ्यो । अहिले घर आगनमै बैंक आएपछि आनन्द भएकोे छ ।’
बिदेशबाट पैसा बुझ्नका लागि नेपालगन्ज नआउनेहरु भारतमा समेत जाने गरेका थिए । त्यसरी जाँदा पैसा चोरिने डर अहिलेलाई हटेको स्थानीय निजामुद्धिन खानले बताए । ‘गाउँमा विकास र बैंक आएपछि नेपाली नोट चल्न थालेको छ । जहाँबाट पैसा पठाएपनि अब निकाल्नका लागि कतै भौतारिनुपर्ने अवस्था छैन ।’ निजामुद्धिन भन्छन्–‘नत्र पहिले पैसा जम्मा गर्न र निकाल्न नेपालगन्ज धाउनुपथ्र्यो ।’ नेपाल राष्ट्र बैंकका अनुसार बाँकेमा बैंक तथा बित्तीय संस्थाका शाखा २ सय ४७ पुगेको छ । शाखारहित बैंकिङ सेवा २३ पुगेको छ ।
Discussion about this post