बाँके फागुन १० गते ।
दारुल फैजुन्नबी जामा मस्जिद ईदगाह संचालक समितिले रमादान महिना २०८१ को इफ्तार र सेहरीको कार्यतालिका समेटेर क्यालेन्डर सार्वजनिक गरेको छ ।
समितिको दोस्रो पूर्ण बैठक पश्चात मस्जिदका अध्यक्ष हाजी अब्दुल रहमान मियाँ सहित कार्यसमितिका पदाधिकारीहरुले रमादानको क्यालेन्डर सार्वजानिक गरेको प्रवक्ता आलम खानले जानकारी दिनु भयो । रमादान महिनालाई सदभाव पूर्ण तरिकाले मनाउन जामा मस्जिदले अपिल गरेको छ । आउने फाल्गुन १८ गतेबाट रमादान सुरु हुने जामा मस्जिदका मुफ्ती जाफर रजाले बताउनु भयो ।
समितिको बसेको दोस्रो बैठकले मुस्लिमहरुको एक महिने रमादानलाई सदभावपूर्ण तरिकाले सम्पन्न गर्नका लागि गृह प्रशासन संग बैठक बस्ने र तराबी नमाजलाई व्यवस्थित गर्नका लागि समितिका सदस्य इस्हाक सिद्धिकिको नेतृत्वमा समिति गठन गरिएको प्रवक्ता खानले बताउनु भयो ।
समितिका सदस्य रहिस हल्वाईको संयोजकत्वमा संस्थाको सम्पूर्ण सम्पतिको आर्थिक हरहिसाब राख्ने गरी तिन सदस्य समिति गठन गरेको छ । पूर्व समितिका पदाधिकारीहरुको आन्तरिक द्धन्दकाका कारण लामो समय देखि अनिर्णयको बन्दी बनेको जामा मस्जिद ईदगाह संचालक समितिका पूर्व अध्यक्षहरुको नेतृत्वमा गठन गर्न माग उठे पछि जिल्ला प्रशासन कार्यालय बाँकेले सर्व पक्षीय बैठकबाट पूर्व अध्यक्ष रहमान मियाँको अध्यक्षतामा पूर्ण अधिकार सहित १७ सदस्य समिति गठन गरे पछि समितिले आफनो कामलाई तिब्रता दिएको छ । बैठकले नवनिर्मित जामा मस्जिदको उदघाटन बिशिष्ट मुस्लिम धर्म गुरुबाट आउने शुक्रबार गराउने निर्णय गरेको छ ।
आठ बर्ष देखि लेखापरिक्षण र नविकरण नगरी करोडौ रकम अपचलन गरेको भनी केही तत्वहरुले प्रचारबाजी गरेको कार्य प्रति जामा मस्जिद समितिको गम्भीर ध्यानाकषर्ण भएको छ । समितिका प्रवक्ता आलम खानले पूर्व समितिले २०७८÷०७९ सम्मको लेखा परिक्षण गरी आन्तरिक राजेश्व कार्यालयबाट कर चुक्ता प्रमाण पत्र समेत लिई सकेको र बाँकी ०७९÷८० देखि हाल सम्मको लेखा परिक्षण नगरेको देखिएकोले कपोकल्पीत रुपमा धार्मिक संस्थामा करोडौको अपचलन भएको भनी हल्ला फैलाउनु गलत भएको टिप्पणी गर्नु भयो ।
उहाँले भन्नुभयो, जामा मस्जिदमा आर्थिक हिनामिना भएको विषयमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको नेतृत्वमा छानविन भईरहेकोले छानबिन प्रतिबेदन नआए सम्म अनियमिताका विषयमा टिकाटिप्णी नगर्न आग्रह गर्नु भयो । छानविन समितिले विबाद रहित तरिकाले सक्दो छिटो काम सम्पन्न गरी संस्थाको बाँकी रहेको लेखापरिक्षण र नविकरण गराउनमा सहयोग गरीदिन छानबिन समितिका संयोजक खत्री संग प्रवक्ता खानले अपिल गर्नु भयो ।
अध्यक्ष मियाँको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष मोहम्मद हुसेन हव्वाई सहसचिव अब्दुल अजीज काजी अन्सारी, समितिका सदस्यहरु र बरिष्ठ सल्लाहकार सैयद रिहान मियाँ र कानुनी सल्लाहकार अधिवक्ता जमालुद्दीन अन्सारी लगायतको सहभागिता रहेको थियो ।
Discussion about this post