बाँके कार्तिक २९ गते । बाँके तरुण दल बाँके र नेपाली कांग्रेस बाँकेका नेता तथा कार्यकर्तामाथि प्रहरी प्रशासन बाट ज्यादति भयको भन्दै तरुण दल बाँके ले शुक्रबार गते बन्द को आह्वान गरेको छ ।
बन्द आह्वान ले बाँकेको जनजिवन कष्टपूर्ण भएको छ ,लामो दुरीका तथा छोटा दुरीका यातायात हरु पुर्णरुपमा बन्द भएका छन । तरुण दलका नेता तथा कार्यकर्ता हरु चोक चोकमा बसेर बन्दको आह्वान गरेको पाएको छ ।
नेपालगञ्ज कोहलपुर लगायतका बजार क्षेत्रहरु,बिद्यालय बन्द रहेका छन ।नेपालगंज तथा कोहलपुर मा बन्द कर्ता हरु ले मोटरसाइकल ,अटो रिक्सा हरुमा तोडफोड समेत गरेकाछन।
बन्द बेलुका पाँच बजे खुलेको हो ।
आफ्नो कार्यकर्तालाई बिना कारण समात्ने सताउने गरेका कारण र प्रहरी प्रशासन को ज्यादती को बिरुद्दमा आफुहरुले बन्दको आह्वान गर्नु परेको बाँके तरुण दल ले जनाएको छ ।
Discussion about this post