बाँके फागुन १४ गते ।
मगर दिवसका अवसरमा फागुन १५ गते बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ । फागुन ९ गते बसेको कार्यपालिका बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रशासन शाखा प्रमुख दोर्ण कुमार वोहराले जानकारी दिए ।
उक्त दिन गाउँपालिकासहित वडा कार्यालयहरु, स्वास्थ्य संस्था, शिक्षण संस्थालगायत संघ संस्थाहरु बन्द रहने कोहलपुर नगरपालिकाले जनाएको छ ।
विभिन्न जातजातीहरुको मौलिकता, संस्कृतिलाई संरक्षण गर्नु पालिकाको दायित्व भएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए । दिवसहरु मनाउनु राम्रो विषय भएको बताउँदै यसमा पालिका सधैँ साथमा रहेको उपप्रमख संगिता सुवेदीको भनाइ छ ।
Discussion about this post