बाँके फागुन १४ गते ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले आफ्नै निर्णयको धज्जी उडाएका छन् । ‘सञ्जीवनी कलेज अफ मेडिकल साइन्स’ लाई नेपालगन्जमा ‘सञ्जीवनी हस्पिटल’ संचालनका लागि गत माघ महिनामा अनुमति दिएका मेयर विष्टले बोर्ड हटाउन निर्देशन दिँदै आफ्नै निर्णयको धज्जी उडाएका हुन् ।
मेयर विष्टले लर्ड बुद्ध एजुकेशनल एकेडेमी, नेपालगन्ज मेडिकल कलेजले तीन वटै तहका सरकारबाट अनुमति नलिई ‘सञ्जीवनी कलेज अफ मेडिकल साइन्सद्वारा संचालित ‘सञ्जीवनी हस्पिटल’ को बोर्ड लगाएको भन्दै उनले यहि फागुन १२ गते पछि लर्ड बुद्ध एजुकेशनल एकेडेमी, नेपालगन्ज मेडिकल कलेजलाई पत्र पठाएर सञ्जीवनी कलेज अफ साइन्स, सञ्जीवनी हस्पिटलको बोड २४ घण्टाभित्र हटाउन निर्देशन दिएका थिए ।
‘बाहिर सञ्जीवनी कलेज अफ मेडिकल साइन्सद्वारा संचालित ‘सञ्जीवनी हस्पिटल’ को बोर्ड लगाए पनि भित्र लर्ड बुद्ध एजुकेशनल एकेडेमीको नाममा कारोबार भइरहेको तथ्यप्रति उपमहानगरको गम्भिर ध्यानाकर्षण भएको छ,’ नगर प्रमुख प्रशान्त विष्टले पठाएको पत्रमा उल्लेख छ ।
तर, सञ्जीवनी कलेज अफ साइन्स, सञ्जीवनी हस्पिटलले गत माघ महिनामा संचालन लागत ७० करोड रुपैयाँ भएको हस्पिटल तथा मेडिकल शैक्षिक कार्यक्रम संचालन गर्न इजाजत लिएको छ । दर्ता नं. २०८१/०८२–१२–३२३३ रहेको उक्त इजाजत पत्रमा अधिकृत दिपेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
आफैले दिएको इजाजत पत्रको बारेमा जानकारी नलिई मेयर विष्टले सस्तो लोकप्रियताका लागि सञ्जीवनी कलेज अफ साइन्स, सञ्जीवनी हस्पिटललाई अनाहकमा दुख दिएको सर्वसाधारणको बुझाई छ । ‘आफैले संचालनका लागि इजाजत दिने र आफैले जन्माएको सन्तानको बारेमा सामान्य जानकारी समेत नराख्नु मेयर विष्टको महाकमजोरी हो,’ नेपालगन्जका एक नागरिक अगुवाले भने, ‘मेयर विष्टले बास्तविकता बुझेर पत्र काट्नु पथ्र्यो । इजाजत लिए, नलिएको कर्मचारीसँग जानकारी लिनु पथ्र्यो । उहाँले हावाको भरमा पत्र काट्नु सरासर गलत छ । यो कार्यले मेयरको कार्य क्षमतामा समेत प्रश्न चिन्ह खडा भएको छ । आगामी दिनमा यस्ता गल्ती हुन नदिन सजगता अपनाउन जरुरी छ ।’
मेयर विष्टले नेपालको संविधान र कानून बमोजिम नगरेको पाइए नेपालगन्ज उपमहानगरले आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउने चेतावनी समेत दिएका थिए ।
Discussion about this post