बाँके फागुन १५ गते ।
विद्यावारिधि (पिएचडी) उपाधि हासिल गरेका चार जना ब्यक्तित्वलाई नेपालगञ्जमा सम्मान गरिएको छ । विश्व साहित्य महासंघ लुम्बिनी प्रदेशले बुधवार बधाई तथा सम्मान कार्यक्रम गरेको हो ।
विश्व साहित्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष लेक प्रसाद प्याकुरेलको अध्यक्षता एवम् पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. वेदराज केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हालै मात्र विद्यावारिधि उपाधि हासिल गरेका डा. हरि प्रसाद तिमिल्सिना, जगत खत्री, कविन्द्र भट्टराई र राजकुमार थारुलाई सम्मान गरिएको थियो ।
त्यसक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा. केसीले विद्यावारिधि हासिल गरेका सम्मानित ब्यक्तित्वलाई बधाई ज्ञापन गर्दै ज्ञानको नयाँ आयामलाई अब समाज परिवर्तनमा उपयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकाल, प्राज्ञ सनत रेग्मी, सम्मानित ब्यक्तित्वहरुहरुले पनि बोलेका थिए ।
शैक्षिक, साहित्यिक र सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण गीता अर्यालले गरेकी थिइन् ।
Discussion about this post