अमन अन्सारी
बाँके फागुन १७ गते ।
अदबी संगठन “गुल्जार–ए–अदब’ नेपालगञ्जको ५ सय ८३ओैं मासिक कवि गोष्ठी “तरही नशिस्त“ प्रख्यात शायर अब्दुल लतीफ “शौक“ को अध्यक्षतामा नेपालगञ्जको महेन्द्र पुस्तकालयमा सम्पन्न भएको छ । कार्यक्रमको तरही मिसरा थियोः “दिवाना है दिवाने से पर्दा न करेंगे“।
कार्यक्रममा विभिन्न शायरहरूले आफ्नो उत्कृष्ट रचनाहरू प्रस्तुत गरेका थिए । जस्मा शायर अब्दुल लतीफ “शौक“ ले –“हम कर के मोहब्बत तुम्हें रुसवा न करेंगे, “सौ गम भी अगर दोगे तो शिकवा न करेंगे“, सैय्यद अशफाक रसूल हाश्मीले–“तोडेंगे अगर दिल तो वह अच्छा न करेंगे, हम ऐसी मोहब्बत से भी पर्दा नकरेंगे“, मुस्तफा अहसन कुरैशीले–“कमजरफ से दुःख दर्द का चर्चा न करेंगे, हम इजज्ते नामुस को रुसवा न करेंगे“, नुरुल हसन राईले,–“करता ही रहेगा मेरा दिल जिक्र हमेशा, गुल्शन तेरी यादों कि महेकते ही रहेंगे“, मोहम्मद आरिफ अन्सारीले,–“मतलब के लिए कोई भी सौदा न करेंगे, माँ–बाप मेरी जान हैं, रुसवा न करेंगे“, मेराज अहमद “हिमालय“ले,–“मर जाऐंगे ईमान का सौदा न करेंगे, हम तेरी मोहब्बत को भी रुसवा न करेंगे“, समीर अली बेहनाले,–“पढा है जब से मैने हजरते अय्युब का किस्सा, अहद कर लिया की तुझ से कोइ शिकवा न करेंगे“ शिर्षकका गजलहरु वाचन गरेका थिए ।
मासिक गजल गोष्ठीको अध्यक्षता गरिरहनु भएका अब्दुल लतीफ शौकले–उर्दु भाषाको गजल मुस्लिम समुदायको मात्र नभएर यो सम्पूर्ण मानव जातिको रहेको बताउनु भयो ।
सद्भावको शहर नेपालगञ्जमा उर्दुमा गजल लेख्ने र वाचन गर्ने वैश्य समुदायका श्याम लाल र मुरली बैश्यको पनि चर्चा गर्नु भयो ।
उर्दु भाषा र साँस्कृतिक उत्थानका साथै सामाजिक उत्थानमा मद्दत पुर्याउन युवा पुस्तालाई अग्रसर हुन शौकले आह्वान गर्नु भयो ।
प्राध्यापक मकसूद अहमद रंगरेजले “गुल्जारे अदब“ को मासिक गजल गोष्ठीले साँस्कृतिक उत्थानका साथै स्थानीय साहित्यिक परम्परालाई अघि बढाउन गरेको योगदानको प्रशंसा गर्नु भयो ।
नेपालगञ्जमा हुने कार्यक्रममा साहित्यिक सौन्दर्य र शायरहरूको प्रतिभा उजागर गर्ने थलोको रूपमा ल्याउन समीर अली बेहनाले जोड दिनुभयो ।
कार्यक्रममा हाजी जाकिर हुसैन, आशिम सरवर, अरमान अन्सारी, अनस अन्सारी लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी अन्य कवि ’शायर’हरूले पनि आफ्ना गजलहरू प्रस्तुत गरेका थिए । मासिक गजल गोष्ठी शायर मुस्तफा हसन कुरैशी “अहसन“ले सञ्चालन गरेका थिए ।
Discussion about this post