बाँके फागुन १७ गते ।
नेपाल बुद्धिजीवी परिषद बाँकेको नवौ जिल्ला अधिवेशन भव्य रूपमा भएको छ । परिषदका केन्द्रीय उपाध्यक्ष गोपी न्यौपानेको प्रमुख आतिथ्यतामाउक्त अधिवेशन भएको हो ।
अधिवेशनमा परिषदका केन्द्रीय सचिव कृष्णकुमार लम्साल, नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य तथा पुर्व सभासद दलबहादुर सुनार, एमाले केन्द्रीय सदस्य शान्ति ढकाल, एमाले बाँकेका उपसचिव निर्मला सुनार परिषदका केन्द्रीय सदस्य भुवनेश्वर लामिछाने, लुम्बिनी प्रदेश अध्यक्ष दमनध्वज डिसी, एमाले बाँकेका निवर्तमान उपाध्यक्ष डिल्ली विसी लगायत बुद्धिजीवी परिषद्का सदस्यहरूको सहभागीता थियो ।
परिषदका बाँके अध्यक्ष भेषराज भुषालको अध्यक्षतामा भएको अधिवेशनको बन्दशत्रले निमप्रकाश थापाको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । जसका उपाध्यक्षमा सुमन विश्वकर्मा सचिवमा प्रदीपश्री अधिकारी उपसचिवमा शारदा केसी र अश्विर रावत कोषाध्यक्षमा नैनसरा जैशी निर्वाचित भएका छन ।
समितिको सदस्यमा पत्रकार कमल न्यौपानेसँगै, प्रेम वली, लालबहादुर रोकाय, घनबहादुर परियार, प्रेम बिष्ट, शेषराज लामिछाने, नकेन्द्र कुमार थापा, बिष्नु शर्मा, गणेश खड्का, यज्ञबहालदुर रोकाय निर्वाचित भएका छन ।
नवनिर्वाचित समितिलाई परिषद्का केन्द्रीय उपाध्यक्ष गोपी न्यौपानेले सपथ खुवाउँदै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
नवगठित समितिको पहिलो बैठक समेत बसेको छ । उक्त बैठकले निर्वाचन कमिटीलाई धन्यवाद दिदै आगामी दिनमा परिषद्को नियमित बैठकसँगै विविध रचनात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ ।
Discussion about this post