बाँके फागुन १७ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ ले विकास निर्माणका कामलाई प्राथमिकता दिदै आएको छ । वडा अध्यक्ष दिपक वर्माले वडालाई पूर्वाधारका हिसावले पूर्ण बनाउँदै लगेका छन् ।
दोस्रो कार्यकालका लागि निर्वाचित उनले अहिले आरसीसी नालासहितको अस्फाल्ट कालोपत्रे सडक निर्माणलाई अगाडि बढाएका छन् । त्यसको शिलान्यास समेत गरेका छन् ।
सडक विभाग पछाडीको पशुपतिनगरमा कृष्ण विष्टको घरदेखि निर्र्माणको क्रममा रहेको श्री तिरुपति बालाजी धाम जाने सडकको शिलान्यास गरेका हुन् । आरसीसी नालासहितको अस्फाल्ट कालोपत्रे सडक निर्माणका लागि ७० लाख बजेट विनियोजन गरिएको छ ।
Discussion about this post