सुर्खेत फागुन २३ गते ।
कर्णाली प्रदेशमा महिलाको अवस्था अझै पनि निकै नाजुक रहेको छ । कमै मात्र महिला शिक्षित छन् भने रोजगारीका अवसर प्राप्त गर्ने पनि न्यून छन् ।
सम्पत्तिमाथिको स्वामित्व झनै न्यून छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा १२.५ प्रतिशत परिवारमा महिलाको नाममा घर वा जग्गा तथा घरजग्गा दुवै रहेको छ । महिलाको नाममा घर र जग्गा दुवै हुने परिवार ६.२ प्रतिशत रहेको छ । महिलाको रोजगारीको अवस्थालाई हेर्दा ३३ प्रतिशत महिलाले परिवारमा योगदान गर्ने गरेका छन् भने विभिन्न पेसा व्यवसायमा ३२.४ प्रतिशत रहेका छन् ।
औपचारिक क्षेत्रमा ४१ प्रतिशत रहेका छन् भने ५८ प्रतिशत अनौपचारिक क्षेत्रमा क्रियाशील छन् । यसै गरी ८२ प्रतिशत कृषि र ८.६ प्रतिशत महिला रोजगारदाताका रूपमा सक्रिय छन् ।
Discussion about this post