बाँके फागुन २४ गते ।
बाँकेमा प्रहरीले बलात्कारको आरोपमा २९ वर्षीय युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोहलपुर नगरपालिका–१० चट्टारका २९ वर्षीय राधे किसुन थारूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कोहलपुर प्रहरीले शुक्रवार बिहान थारूलाई पक्राउ गरेको हो । बालिकालाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
बलात्कार घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय कोहलपुरले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Discussion about this post