बाँके फागुन २४ गते ।
महिला अधिकारका क्षेत्रमा काम गर्नेहरु नेपालगन्जमा एकजुट भएर ११५ औ अन्तराष्ट्रिय नारी दिवस मनाएका छन । दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिका बाट सुरु भएको ¥याली विपि चोक ,धम्बोजि चोक ,सेतुविक चोक ,न्युरोड ,त्रिभुवन चोक हुदै पुनः नेपालगन्ज उपमहानगरपालिकामा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
आयोजक मूल समारोह समिति एवं नगर स्तरीय लैङ्गिक हिंसा निगरानी सञ्जाल नेपालगन्ज उपमहानगरपालिकाका संयोजक केशब कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले महिला अधिकार स्थापित गर्नका लागि सामुहिक एकता र अभियानको खाचो रहेकोमा जोड दिएका थिए । उनिहरुले महिलाहरुले निर्वाह गरिरहेको दायित्वलाई अर्थपुर्ण रुपमा लिनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रमा प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठले अहिले पनि महिला हिंसाका घटना घटिरहेको हुँदा सबै सचेत दिदिवहिनीहरुले प्रभावकारी भुमिका निभाउनुपर्ने बताउनुभयो । महिलाअधिकारका लागि आफूले पनि निरन्तर संघर्ष गरिरहेको बताउदै उहाले महिलाका नाममा निकाशा हुने बजेटमा चासो दिन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक तुल बहादुर कार्किले महिला अधिकारका बिषयमा प्रकाश पार्दे ट्राफिक नियमको पनि पालना गर्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जमा प्रमुख द्धारिक अधिकारीले महिला आन्दोलनले स्थापित भएको महिला अधिकारलाई अब व्यवहारिक बनाउन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले महिलाहरुको हकहितका लागि सञ्चार क्षेत्रबाट निरन्तर भुमिका निर्वाह भइरहेको र आगामि दिनमा पनि निरन्तर लागि पर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका न्यायिक समितिका सदस्य रुमिता श्रेष्ठ र नेपालगन्ज उपमहानगरपालिका कार्यपालिका सदस्य संगिता रेग्मि लगायतले बोल्नुभएको थियो । कार्यक्रममा उद्योगी ,पत्रकार र सामाजिक अभियान्ता गरी ६ जना महिलाहरुलाई सम्मान समेत गरिएको छ । सम्मानित हुने हरुमा महिला उद्यमि तर्फ आशा शार्की ,लक्ष्मि बम र नानी माया पुरी रहनु भएको छ । यसैगरी क्रियाशिल पत्रकार महिला तर्फ साबित्री गिरी र रुपा गहतराज सम्मानित हुनु भएको छ भने सामाजिक अभियान्ता तर्फ शाहिदा बानो सम्मानित हुनु भएको छ । यस पटकको नारी दिवसको नारा “सबै महिला तथा बालिकाको लागि ःअधिकार ,समानता र सशक्तीकरण ”भन्ने रहेको छ ।
कार्यक्रममा स्वागत मन्तब्य नेपालगन्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख पवित्रा कुमारी पुरीले दिनुभएको थियो भने कार्यक्रम सञ्चालन अधिकारकर्मि निर्मला पौडलले गर्नुभएको थियो । कार्यक्रममा २ सय भन्दा धेरैको सहभागिता रहेकोे थियो ।
दिवसको पुर्वसन्ध्यामा नेपालगन्जमा अन्य कार्यक्रमहरु पनि भएका थिए । जसअन्र्तगत दिवसको अवसरमा नगरस्तरीय बालक्लव सन्जालका पदाधिकारीलाई ३ दिने स्थानीय बालमैत्री कार्यक्रम सम्बन्धी तालिम सञ्चालन गरिएको थियो । ग्रामिण क्षेत्रमा महिला पुरुष समविकास तालिम ३ दिने सञ्चालन र कृपा हस्पिटल र सामुदायिक प्रहरी सेवा व्यवस्थापन केन्द्रको आयोजनामा कृपा हस्पिटलमा विपन्न अवस्थाका महिलाहरुको निशुल्क पाठेघरको क्यान्सर परिक्षण कार्यक्रम गरीएको नेपालगन्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रम्ख पवित्रा कुमारी पुरीले बताउनुभयो ।
Discussion about this post