बाँके फागुन २४ गते ।
लुम्विनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दान बहादुर कार्कीले महिला दिवस वर्षैभरी मान्नुपर्ने बताएका छन् । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपालगन्जमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
आधा आकाश ढाकेका महिलाहरुको स्वतन्त्रताका लागि दिवसले महत्वपूर्ण सन्देश दिएको बताए । उनले समान ज्याला र समान सहभागिता, अधिकारलाई स्थापित गरिनुपर्ने बताए । उनले महिलाहरुलाई सम्मान गर्ने प्रवृत्तिको विकास हुन नसकेको बताए । नारी र पुरुष एक रथका दुई पांग्रा भएको बताए ।
नारी र पुरुषलाई समान अधिकार र समान स्वतन्त्रता अहिलेको आवश्यकता रहेको बताए । त्यसका लागि घरबाटै त्यस्तो वातावरण निर्माण गरिनुपर्नेमा उनको जोड थियो ।
सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्ज बाँकेको सहकार्यमा कृपा हस्पिटल नेपालगन्ज बाँकेद्वारा आयोजना गरीएको उक्त शिविरमा १६० जनाले सेवा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए ।
कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, कृपा हस्पिटल नेपालगन्जका प्रमुख डा. प्रबिण कुमार गुप्ता, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, लुम्बिनी प्रदेश प्रहरी अस्पातलका प्रहरी निरीक्षक, स्थानीय भद्रभलाद्मी, मिडियाकर्मी, लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post