बाँके कार्तिक ३० गते । नेपालगन्ज उपमहानगरपालिका १२ विटिएस गेट नजिकै रहेको श्री चण्डेश्वरी माता मन्दिरको सौन्दर्यकरण तथा सामुदायिक हल निमार्णका लागि विनोद कुमार रस्तोगीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ । वडा नंम्वर १२ का अध्यक्ष वुद्धिसागर सुवेदिको अध्यक्षतामा शनिवार भएको वुद्धिजिविहरु,समाजसेवी,टोलवासीकोे वृहत भेलाले रस्तोगीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको हो । समितिको सचिवमा मदनलाल जैसी,कोषाध्यक्षमा कमला न्यौपाने,रहेका छन् भने सदस्यहरुमा जिवन प्रसाद पौडेल,चित्र वहादुर शाही,रुपरानी गौडिया र सुनिल रेग्मी रहेका छन् । त्यस्तै नरकान्त जोसीको अध्यक्षतामा अनुगमन समिति समेत गठन गरिएको छ । साितिको सदस्यमा नेत्रजंंग शाह, अरुण वज्राचार्य,लक्षुराम पुजारी,वुद्धिमाया वज्राचार्य रहेका छन् । त्यसैगरि बैठकले सल्लाहाकार समिति समेत गठन गरिएको छ । कान्ती भट्ट,अमृत आचार्य,टंकनाथ पौडेल,राम प्रसाद भट्राईर भिम जंंग शाह रहेका छन् । भोलामा वडा १२ का वडा सदस्य तरुण वज्राचार्य, दिनेस पन्त लगाएतको सहभागिता रहेको थियो । मन्दिरको सौन्दर्यकरण तथा सामुदायिक हल निमार्णका लागि १२ नंम्बर वडाले २ लाख वजेट छुटाएको छ । भेलामा आफ्नो मन्तब्य राख्दैँ वडा १२ का अध्यक्ष वुद्धिसागर सुवेदीले उपभोक्ता समितिको कामलाई हेरेर वजेट समेत थप हुने सक्ने बताउनु भयो । समितिले राम्रो काम गरेमा बजेटको कुनै कमि हुन नदिने बताउनु भयो । भेलामा आफ्नो भनाई राख्दै सदस्य तरुण वज्राचार्यले विकासमा १२ नंम्वरले धेरै फड्को मारिसकेकोले विकासे कामलाई प्रथमिमता दिइने बताए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post