बाँके चैत ६ गते ।
नेपाल प्रहरी प्रधान कार्यालयले जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविण आचार्यलाई नगदसहित पुरस्कृत गरेको छ । नेपाल प्रहरीको नीति, निर्देशन अनुसार आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रसंशनीय ढंगबाट कर्तब्यनिष्ट र अनुशासित भई सन्तोषजनक रुपमा सम्पन्न गरेको भन्दै प्रहरी प्रधान कार्यालयले आचार्यलाई नगदसहित पुरस्कृत गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके अन्तरगत ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक आचार्यले आफूले पाएको जिम्मेवारी नेपाल प्रहरीको नीति र निर्देशनलाई कर्तब्यनिष्ठ र अनुशासित भई जिम्मेवारी पूरा गरेको प्रहरी प्रधान कार्यालयले जारी गरेको पत्रमा उल्लेख छ । ‘नेपाल प्रहरीको नीति, निर्देशन अनुसार आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रसंशनीय ढंगबाट कर्तब्यनिष्ट र अनुशासित भई सन्तोषजनक रुपमा सम्पन्न गरेका प्रहरीलाई पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपालगन्जको अब्यवस्थित ट्राफिक ब्यवस्थापनलाई आचार्यले ब्यवस्थित बनाउन महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् । उनले ट्राफिक ब्यवस्थापन सँगै ट्राफिक लाइट, लेन अनुशासन, जेब्रा क्रसिङ लगायतका सचेतना समेत दिँदै आएका छन् । बाँकेको ट्राफिक ब्यवस्थापनमा सक्रिय भएर लागेका उनी विद्यार्थीलाई समेत ट्राफिक नियमको बारेमा जानकारी दिँदै आएका छन् ।
प्रहरी प्रधान कार्यालयले तीन जना प्रहरी बरिष्ठ नायव निरीक्षकलाई यस वर्ष पुरस्कृत गरेकोमा आचार्य पनि पुरस्कृत भएका हुन् । उनले गरेको कार्यको मुल्यांकन गरि पुरस्कृत गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ‘उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीको कार्य सम्पादन स्तरमा समेत प्रभाव पर्न गई प्रहरी मनोवल उच्च विषयलाई दृष्टिगत गरि प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय भएको छ,’ प्रहरी प्रधान कार्यालयले सम्प्रेषण गरेको पत्रमा उल्लेख छ ।
प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी), दुई जना प्रहरी नायव उपरीक्षक (डिएसपी), एक जना प्रहरी निरीक्षक, पाँच जना नायव निरीक्षक (सई), तीन जना प्रहरी सहायक निरीक्षक (असई), आठ जना प्रहरी हवल्दार, १६ जा प्रहरी सहायक हवल्दार, तीन जना प्रहरी जवान र आठ जना प्रहरी कार्यालय सहयोगीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
प्रहरी प्रधान कार्यालयबाट नगदसहित पुरस्कृत गरेकोमा हर्षित भएको आचार्यले बताए । उनले पुरस्कारले थप हौसला बढाएको बताउँदै थप जिम्मेवारी समेत बढाएको बताए । ‘प्रहरी प्रधान कार्यालयबाट पुरस्कृत भएकोमा हर्षित भएको छु, थप जिम्मेवार र कर्तब्यनिष्ठ भएर काम गर्ने जिम्मेवारी पनि थपेको छ,’ उनले भने ।
Discussion about this post