बाँके चैत ७ गते ।
नेपालगन्जमा सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण शिविर गरिएको छ । नेपालगन्ज उमपहानगरपालिका आर्थिक विकास समिति अन्तर्गत र पशु सेवा शाखाको आयोजनामा २८१ वटा कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ ।
सामुदायिक कुकुरहरुको संख्या नियन्त्रण गर्नका लागि स्थायी बन्ध्याकरण शिविर गर्नुपरेको नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ का वडा अध्यक्ष गोपाल पुनले जानकारी दिए । उनले पाँच दिनसम्मको अवधिमा २८१ वटा कुकुरको बन्ध्याकरण गरिएको बताए ।
सामुदायिक कुकुरहरुको संख्या बढ्दा दुर्घटनाको पनि जोखिम बढेको र मानिसहरुलाई पनि टोक्नेक्रम बढेको निष्कर्षपछि त्यसको संख्या नियन्त्रण गर्न नीति तथा कार्यक्रममै बन्ध्याकरण शिविर राखिएको उनले बताए । उनले गतवर्ष पनि शिविर गरेर सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको जानकारी दिए ।
पशु सेवा शाखाका पशु चिकित्सक आशिष थारुले २३ वटै वडाबाट छाडा कुकुरहरुलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गरिएको जानकारी दिए । उनले छाडा कुकुरहरुलाई रेविज विरुद्धको खोप समेत लगाउने गरिएको जानकारी दिए । बन्ध्याकरण शिविरमा पशु शाखा प्रमुख लक्ष्मी शाही, पशु स्वास्थ्य प्राविधिक शिव भुसाल लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post