बाँके चैत ९ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ सुर्जिगाउँबाट प्रहरीले लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं.१८ कारकाँदोका ३६ वर्षीय सन्तोष विष्ट र नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ बस्ने ३४ वर्षका सागर नाउँ रहेका छन् ।
बाटोमा हिडिरहेका उनीहरुको अवस्था शंकास्पद देखिएपछि प्रहरीले चेकजाँच गर्दा सन्तोषको दाँया हातको कालो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अवस्था ६ ग्राम ४२० मिलि ग्राम र सागरको ट्रयाकको गोजिभित्र कालो प्लाष्टिकमा लुकाई छिपाइ राखेको १२ ग्राम ६९० मिलि ग्राम ब्राउन फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
उनीहरुलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
Discussion about this post