बाँके चैत १० गते ।
प्रहरी चौकी साइगाउँले भारी परिमाणमा अबैध कुखुरासहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट अबैध रुपमा ल्याउँदै गरेको ३४ हजार ५ सय मूल्य बराबरको कुखुरा आज बिहान साढे ७ बजे बरामद गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।
जानकी गाउँ पालिका २ बिहानी टोल स्थित प्रहरी चौकी साइगाउँका प्रहरी वरिष्ठ नायब निरीक्षक हरि बहादुर खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा तस्करी गरी ल्याउदै गरेक बैजनाथ गाउँ पालिका ५ बनकटुवाका ४० वर्षीय ढोडेप्रसाद थारुलाई पक्राउ गरेको उनले बताए । थारुले भे.३ प १४७४ नम्बर मोटर साइकलमा ल्याउँदै गरेको एक सय ५० किलोग्राम अवैध बोइलर कुखुरा सहित पक्राउ गरेको एसपी कार्कीले बताए ।
बरामद भएको कुखुरा र थारुलाई आवश्यक कारवाहीका लागि फेला पारी बरामद गरी निज मो.सा.चालक सहित बोइलर जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक कारवाही प्रक्रिया अगाडी बढाइएको उनले बताए ।
Discussion about this post