बाँके चैत १० गते ।
पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्यु भएको छ । विद्यालयबाट फर्किदै गरेका डुडुवा गाउँपालिका २ वेतहनीका दुई बालकको मृत्यु भएको हो ।
वेतहनीस्थित नौरीगौडी एकेडेमीको एल. केजीमा अध्ययनरत दुई बालकलाई पानी बोक्ने भे१ ख ४१०७ नम्बरको ट्यांकरले स्थानीय विशाल गोडिया र शिवकुमार गोडियाको मृत्यु भएको हो ।को घटनास्थलमै मृत्यु भएपछि आइतवार बाँकेको बेतहनीमा पानी बोक्ने भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिँदा स्थानीय विशाल गोडिया र शिवकुमार गोडियाको घटनास्थलमै मृत्यु भएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।
स्कुलबाट फर्किदै गर्दा बेतहनी चोकमा ट्यांकरले उनीहरूलाई ठक्कर दिएको थियो । प्रत्यक्षदर्शीका अनुसार, ट्यांकरको ठक्करबाट सडकमा लडेर चिच्याउँँदै गरेका बालकलाई पछाडीबाट ट्यांकरले किचेको थियो ।
मृतक बालक सहोदर दाजु भाई भएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीयले ट्यांकरमा आगजनी गर्नुका साथै प्रहरी चौकीमा ढुंगामुढाका साथै आगजनी गरेका छन् । स्थानीयबासीले ढुंगामुढा गरेपछि घटनास्थल तनावग्रस्त बनेको छ । प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएपछि प्रहरीले दजनौ अश्रु ग्याँस र केहि राउण्ड हवाई फायर समेत गरेको छ ।
चालकलाई कारबाहीको माग गर्दै स्थानीयले प्रहरी चौकी बेतहनीलाई घेराउ समेत गरेका छन् । प्रहरीले चालकको संरक्षण गरेको आरोप स्थानीयले लगाएका छन् । अहिले घटनास्थलमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । ट्यांकरको ठक्करबाट दुई जना बालकको घटनास्थलमै मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको एसपी कार्कीले बताए । स्थानीयले दुवै बालकको शव सडकमै राखेर प्रदर्शन गरेका गरिरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post