काठमाडौं चैत १६ गते ।
समाचार सङ्कलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा पत्रकारहरू माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।
शनिवार बिहान नेपाल पत्रकार महासङ्घको नेतृत्वमा पत्रकारहरूले आन्दोलित सुरु गरेका छन् । शुक्रवार भएको राजावादीहरूको आन्दोलनमा पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएसँगै उहाँ जलेर मृत्यु भएको थियो ।
यो घटनाको निन्दा गर्दै छानबिन र दोषी उपर कारवाहीको माग गर्दे आउने दिनमा मिडिया माथि प्रहार नगर्न समेत माग गरेका छन् ।
Discussion about this post