काठमाडौं चैत १६ गते ।
काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँको जरिवानाको पत्र काटेको छ। शनिबार शाहलाई सम्बोधन गर्दै महानगरका नगर प्रहरी निरीक्षक ईश्वरप्रसाद वाग्लेले ७ लाख ९३ हजार रुपैयाँको जरिवाना पत्र काटेका हुन्।
शुक्रबार पूर्वराजा शाहको समर्थनमा काठमाडौँको तीनकुनेमा प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा तोडफोडसँगै फोहोर गरेको भन्दै महानगरले विभिन्न शीर्षकमा शाहलाई जरिवानाको पत्र पठाएको हो।
जसअनुसार घरमा लागेको आगो निभाउन गएको दमकलमाथि ढुङ्गा प्रहार गरेर क्षति गरेको भन्दै १ लाख ३० हजार, कोटेश्वरमा फोहोर गरी वातावरण प्रदूषित गरेको भन्दै १ लाख, जडीबुटी, तीनकुने, बालकुमारी, सिनामङ्गल र महादेवस्थानमा पनि फोहोर गरी वातावरण विगारेको भन्दै एकरएक लाख रुपैयाँ जरिवाना तोकिएको छ।
यसैगरी तीनकुने क्षत्रमा रुख, विरुवा, रेलिङ तोडफोड गरेको शीर्षकमा ४० हजार र तीनकुनेको आईल्याण्ड ९ट्राफिक उभिने ठाउँ० तोडफोड ८ गरेको भन्दै रु २३ हजार जरिवाना महानगरले तोकेको छ।
साथै महानगरले निजी सम्पत्तिको क्षतिपूर्ति स्थानीय सरकारको क्षेत्राधिकारभित्र नपर्ने स्पष्ट पारेको छ। शुक्रबार राजसंस्था पक्षधरले निजी तथा व्यापारिक भवनमा तोडफोड र आगजनी गरेका थिए।
पूर्वपञ्च नवराज सुवेदी नेतृत्वमा रहेको राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलन समितिले राजतन्त्र स्थापनाको माग गर्दै आन्दोलन गरेको थियो। अराजक आन्दोलनकारीले तोडफोड, आगजनी र लुटपाट गरेका थिए।
Discussion about this post