बाँके बैशाख ७ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष कौशलकुमार धोवी उपमेयर कमरुद्धिन राईको कार्यकक्षमा रहेको शोफामा सुतेको फोटो सामाजिक संजालमा भाइरल भएको केहि दिनमै जनता समाजबादी पार्टी नेपालका लुम्विनी प्रदेशका मुख्य सचिव राजन रानामगरको फोटो फेसबुकमा छ्यापछ्याप्ति छ । वडा अध्यक्ष धोवीको जस्तै उपमेयर राईको कार्यकक्षमा रहेको शोफामा रानामगर निदाएको फोटोले अहिले चर्चा पाएको छ ।
फोटोमा उपमेयर राई कार्यकक्षको आफ्नो कुर्सीमा बसेर मोवाइल चलाइरहेको देखिन्छ भने रानामगर शोफामा निदाएको जस्तो देखिन्छ ।
यतिबेला उपमेयरको कार्यकक्ष आराम गर्ने थलो भएको भन्दै चर्को आलोचना भइरहेको छ । जसपा नेपाल बाँकेका अध्यक्ष समेत रहेका वडा नं. २० का अध्यक्ष धोवीको फोटो सामाजिक संजालमा भाइरल भएपछि उनले विरामी भएकोले एकछिन आराम गरेको प्रतिक्रिया दिएका थिए । उनले ब्लड प्रेसर बढेको भन्दै अनलाइन खोजखवरमा प्रकाशित भएको समाचारलाई आफू निकटका संचार माध्यममा खण्डन गरेका थिए । जवकी पत्रकार आचारसंहिता अनुसार जुन संचार माध्यममा प्रकाशित भएको हो सोही संचार माध्यममा खण्डन प्रकाशित गर्नुपर्ने उल्लेख छ । तर, वडा अध्यक्ष धोवीले आफू निकटका पत्रकारलाई बोलाएर पत्रकार आचारसंहिता विपरित समाचार प्रकाशन गर्न लगाएका थिए ।
उनले अनलाइन खोजखवरमा समाचार प्रकाशन भएपछि फोन गरेर आफू विरामी भएकोले उपमेयर राईको कार्यकक्षमा रहेको शोफामा एकछिन आराम गरेका प्रतिक्रिया मात्र दिएका थिए ।
उपमेयरको कार्यकक्षमा रहेको शोफामा सुतेको एकपछि अर्को फोटो फेसबुकमा भाइरल भएपछि उपमेयर राईले रानामगरको फोटो अहिलेको नभई पुरानो भएको प्रतिक्रिया दिएका छन् । उनले आफूलाई बदनाम गराउन केहि ब्यक्तिले षडयन्त्र गरिरहेको बताए ।
यसअघि समाचारको विषयमा फोन गर्दा नउठाउने उमेयर राईले रानामगरको फोटो सामाजिक संजालमा भाइरल भएपछि आफै फोन गरि उक्त फोटो पुरानो भएको जानकारी दिए । ‘राजन जी शोफामा सुतेको फोटो पुरानो हो । मेरो र पार्टीको बदनाम गराउन केहि ब्यक्तिले यस्तो हर्कत गरेका हुन्,’ उनले भने ।
पत्रकार कमल न्यौपानेले सामाजिक संजाल फेसबुकमा राजन रानामगर सुतेको फोटो राखेर ‘उपमेयर ज्यू, यो तपाईको कार्यालय हो की घर हो’ भन्दै स्टाटस लेखेका छन् । उनको उक्त स्टाटसमा धेरैले प्रतिक्रिया दिएका छन् । राजन सुतेको फोटोसहितको स्टाटसमा कतिपयले वडा अध्यक्ष धोवीलाई ब्यंग्य गर्दै ‘विरामी भएर एकछिन आराम गरेको हो’ भन्ने प्रतिक्रिया दिएका छन् ।
त्यसैगरी, गोपाल ओलीले पनि एकैछिन थकाई मारिहाल्नु पर्यो आज गर्मी धेरै छ भन्ने आफ्नो फेसबुक वालमा स्टाटस लेखेका छन् ।
पत्रकार कमल न्यौपानेको स्टाटसमा नरेन्द्र ओली लेख्छन्, ‘यो त नेपालगन्जबासीको सुत्ने ठाउँ भएछ, सुविधा त राम्रो हो जनतालाई ।’ त्यसैगरी सिद्धार्थ गौतम लेख्छन्, ‘राजन सरको ढाडमा समस्या भएर पल्टिनु भाको हुन सक्छ ।
यो समाचार पनि पढ्नुहोस्
नेपालगन्ज उपमहानगरपालिका २० का वडा अध्यक्ष धोवीको फोटो सामाजिक संजालमा भाइरल
Discussion about this post