बाँके बैशाख ८ गते ।
प्रहरीले बाँकेको भज्जुपुरवाबाट चल्ला बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं।२३ भज्जुपुरवाबाट अवैध बोइलर कुखुराको चल्ला सहित दुई जना व्यक्तीलाई पनि नियन्त्रणमा लिइएको बाँकेका डिएसपी दिपक पातलीले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरक्षक आकाश भुसाल, इलाका प्रहरी कार्यालय हिरमिनियाबाट प्रहरी नायव निरीक्षक भिम रावत र लुम्विनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको सिभिल टोलीले करीव दुई लाख मुल्य बराबरको चल्ला बरामद गरेको हो ।
भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ आउदै गरेका भारत लाहरपुरुवा बस्ने बर्ष २२ का सलमान कवाडियालाई पक्राउ गरिएको डिएसपी पातलीले बताए । अर्का एक जना भने साइकल छाडेर फरार भएका छन् । उनीहरु दुई वटा साइकलमा चल्ला ल्याइरहेको अवस्थामा पक्राउ परेका हुन् । २० वटा कार्टुनमा दुई हजार चल्ला बरामद गरिएको उनको भनाइ छ ।
Discussion about this post