बाँके बैशाख १४ गते ।
हातहतियार देखाई सर्वसाधारणलाई त्रसित बनाएको आरोमा बाँके प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । नेपालगन्ज उपमहानगरपालिका १८ विशालनगरमा जारी नाइट क्रिकेट प्रतियोगिता स्थलमा सर्वसाधारणलाई त्रसित बनाउन खुकुरी देखाउने र कटुवा पेस्तोल पड्काएको आरोपमा बाँके प्रहरीले चार जनालाई कोहलपुरबाट पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिए ।
प्रहरीले नेपालगन्ज उपमहानगरपालिका १ का ४० वर्षीय विश्वविजय पोख्रेल, नेपालगन्ज उपमहानगरपालिका १८ का ३० वर्षीय विशाल आउजी, नेपालगन्ज उपमहानगरपालिका ४ का २१ वर्षीय अस्मित मल्ल र सोही ठाउँका २० वर्षीय सौगात श्रेष्ठलाई कोहलपुर नगरपालिका १० हाई स्कुल नजिकबाट पक्राउ गरेको हो ।
खुकुरी देखाउने र कटुवा पेस्तोल पड्काएर बा ४ च ३०७१ नंं. गाडीबाट भाग्दै गरेको अवस्थामा पिछा गर्दै जाँदा हाई स्कुल नजिकबाट पक्राउ गरिएको डिएसपी पातलीले जानकारी दिए ।
उनीहरुको साथबाट पेस्तोल, त्यसमा लाग्ने गोली, परिचय पत्र, मोवाइल फोन लगायतका सामग्री बरामद गरेको बाँके प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी पातलीले जानकारी दिए ।
Discussion about this post